बिपिएलका लगातार दुई खेलमा सन्दीप विकेट विहिन 

खरीबोट

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका छन् । 

अहिले जारी बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका छन् । 

योसंगै सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका छन् । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।

सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।
 

सम्बन्धित समाचार

बिपिएलमा सिलहेट सिक्सर्सको लगातार तेस्रो हार

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स कोमिल्ला भिक्टोरियन्ससँग ८ विकेटले पराजित भएको छ । सिलहेटले दिएको ६९ रनको लक्ष्य कोमिल्लाले ११.१ ओभरमा २ विकेट गुमाएर पुरा गरेको

सिलहेट सिक्सर्स ६८ रनमा अलआउट   

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स कोमिल्ला भिक्टोरियन्सविरुद्धको खेलमा ६८ रनआमा अल आउट भएको छ । अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको सिलहेटको पुरा टिम १४.५

आजको कोमिल्लाविरुद्धको खेलमा सन्दीप नखेल्ने   

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सको चौथो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ इलेभेबाट बाहिर रहेका छन् । टस हारेर पहिला ब्याटिंग गर्न लागेको सिलहेट सिक्सर्सका कप्तान

बिपिएलमा ढाका डाइनामाइटसँग सन्दीपको सिलहेट पराजित 

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स पराजित भएको छ । शनिबार भएको खेलमा सिलहेट ढाका डाइनामाइटसँग ३२ रनले पराजित भएको छ ।  ढाका डाइनामाइटले दिएको १७४ रनको लक्ष्य पछाएको सिलहेटले


z