काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका छन् ।
अहिले जारी बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका छन् ।
योसंगै सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका छन् । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।
सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।
अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।