• २०८१ बैशाख ७ शुक्रबार

आर्सनलमाथि वेस्टह्यामको शानदार जित, प्रतिबन्धपछि फर्केका नासरीको उत्कृष्ट प्रदर्शन 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनल वेस्टह्याम युनाइटेडसँग पराजित भएको छ । वेस्टह्यामको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामले पाहुना टोली आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको छ ।

आर्सनलको जितमा १९ बर्षिय डेक्लन राइसले गोल गरेका छन् । राइस वेस्टह्यामका लागि सन् २००९ देखि यता गोल गर्ने दोस्रो युवा खेलाडी बनेका छन् । राइसको गोलमा हालै वेस्टह्याम आएका आर्सनलका पुर्वखेलाडी सामिर नासरीले असिस्ट गरेका थिए ।

फ्रान्सको राष्ट्रिय टिमबाट बाहिर रहेका नासरी प्रिमियर लिगमा फर्केर आफ्नो उत्कृष्ट सुरुवात गरेका छन् । १८ महिनाको प्रतिबन्ध पछि मैदानमा आएका नासरी २०१६ डिसेम्बरदेखि उपचारको क्रममा गलत औषधि प्रयोग गरेका कारण प्रतिबन्धमा परेर मैदान बाहिर रहेका थिए । 

हारपछि आर्सनलको २२ खेलमा ४१ अंक रहेको छ भने लिगको पाचौ स्थानमा रहेको छ । आर्सनलको हारले हाल छैठौ स्थानमा रहेको म्यानचेस्टर युनाइटेडलाई फाइदा हुने देखिएको छ ।

त्यस्तै वेस्टह्यामको भने २२ खेलमा ३१ अंकसहित लिगको आठौ स्थानमा रहेको छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै