• २०८१ बैशाख ७ शुक्रबार

 चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा अनशन

kharibot

इलाम । संसद्को स्वास्थ्य तथा शिक्षा समितिबाट हालै पारित चिकित्सा शिक्षा विधेयकको पक्ष र विपक्षमा चलेको अनशनले यहाँ अहिले बढी चर्चा पाएको छ । 

प्रा डा गोविन्द केसीले आफ्नो १५औ अनशनका क्रममा आफूसँग भएको सहमति विरुद्ध सो समितिले विधेयक पारित गरेको भन्दै गत बुधबारबाट अनशन थालेका छन् । अघिल्ला अनशनमा आफूसँग भएका सहमति संसद्बाट हुबहु पारित हुनुपर्ने अडानका साथ डा केसी अनशन बसेको चार दिन बितिसकेको छ । 

चिकित्सा शिक्षा सुधारसम्बन्धी डा केसीका माग गलत भन्दै अर्का एक युवाले अनशन शुरु गरेका छन् । यहाँ अधिकांशले केसीका माग विरुद्धमा अनशन शुरु गरेका विजय थापाका माग जायज भएको दाबी गरिरहेका छन् । दुई अनशनकारी पक्षका समर्थक अहिले खुलेरै एकअर्काको विरोधमा उत्रेका छन् । 

डा केसी अनशन बसेको तेस्रो दिन संसदीय समितिद्वारा पारित विधेयकलाई विना परिमार्जन संसद्बाट पारित गरिनुपर्ने माग गर्दै थापाले अनशन शुरु गरेपछि सो स्थिति पैदा भएको हो ।

शुक्रबारबाट अनशनमा रहनुभएका थापाको मागको पहिलो बुँदामै संसद्मा रहेको चिकित्सा विधेयक कुनै पनि हालतमा पास गर्न माग गरिएको छ । जनप्रतिनिधिबाट पारित भएको विधेयकलाई पारित हुनुपर्ने, काठमाडौँ उपत्यकाबाहिर देशभरी नै मेडिकल कलेज खोल्ने र खुलाउने वातावरण निर्माण गर्नुपर्नेलगायतका माग थापाले अघि सारेका छन् । 

डा केसी र थापाले अनशन शुरु गरेपछि आआफ्नै माग कार्यान्वयनका लागि ¥यालीलगायतका गतिविधि हुन थालेका छन् । डा केसीका समर्थकले थापाको अनशनस्थल नजिकै चोक बजारमा कोणसभा गर्ने गरेका छन् । त्यसले दुई पक्षबीच झडप हुन सक्ने सम्भावना बढेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै