बिपिएलमा ढाका डाइनामाइटसँग सन्दीपको सिलहेट पराजित 

खरीबोट

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स पराजित भएको छ । शनिबार भएको खेलमा सिलहेट ढाका डाइनामाइटसँग ३२ रनले पराजित भएको छ । 

ढाका डाइनामाइटले दिएको १७४ रनको लक्ष्य पछाएको सिलहेटले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि खेल ३२ रनले गुमाउन पुगेको छ ।

सिलहेटको प्रतियोगितामा यो दोस्रो हार हो ।  तीन खेल खेलेको सिलहेटले पहिलो खेलमा हार बेहोरेको थियो भने दोस्रो खेलमा जित हासिल गरेको थियो ।

त्यस्तै ढाकाले भने अहिलसम्म खेलेका चार खेलमा अपराजित रहदै ८ अंक बटुलेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ । 

बिपिएलका लगातार दुई खेलमा सन्दीप विकेट विहिन

बिपिएलमा सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका छन् ।  शनिबार सम्पन्न बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका छन् । 

योसंगै सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका छन् । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।

सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।  
 

सम्बन्धित समाचार

बिपिएल छोडेर सन्दीप काठमाडौँ फर्किदै 

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने सोमबार काठमाडौँ फर्किने भएका छन् । हाल बंगलादेश प्रिमियर लिग (बिपिएल) खेलिरहेका सन्दीप बिपिएल बिचमै छोडेर राष्ट्रिय टिमको युएई भ्रमणमा सामेल हुन् सोमबार अपराह्न

बिपिएलमा सिलहेटको पाचौं हार, सन्दीप विकेटविहिन  

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स रंगपुर राइडर्ससँग पराजित भएको छ । शनिबार सम्पन्न खेलमा सिलहेट रंगपुरसँग ४ विकेटले पराजित भएको हो ।  सिलहेटले दिएको १९५ रन पछाएको

सिलहेटले ढाका डाइनामाइटसलाई दियो १५९ रनको लक्ष्य

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सले ढाका डाइनामाइटसलाई १५९ रनको लक्ष्य दिएको छ । अहिले जारी खेलमा सिलहेटले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाएर

रंगपुरविरुद्ध सिलहेट विजयी, किफायती बलिङ गर्दै सन्दीपले लिए एक विकेट  

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सले रंगपुर राइडर्सलाई २७ रनले पराजित गरेको छ । बुधबार भएको खेलमा सिलहेटले दिएको १८८ रनको लक्ष्य पछाएको रंगपुर २० ओभरमा ६ विकेट


z