काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स पराजित भएको छ । शनिबार भएको खेलमा सिलहेट ढाका डाइनामाइटसँग ३२ रनले पराजित भएको छ ।
ढाका डाइनामाइटले दिएको १७४ रनको लक्ष्य पछाएको सिलहेटले २० ओभरमा ९ विकेट गुमाउदै १४१ रन मात्र बनाएपछि खेल ३२ रनले गुमाउन पुगेको छ ।
सिलहेटको प्रतियोगितामा यो दोस्रो हार हो । तीन खेल खेलेको सिलहेटले पहिलो खेलमा हार बेहोरेको थियो भने दोस्रो खेलमा जित हासिल गरेको थियो ।
त्यस्तै ढाकाले भने अहिलसम्म खेलेका चार खेलमा अपराजित रहदै ८ अंक बटुलेर अंकतालिकामा शिर्ष स्थानमा रहेको छ ।
बिपिएलका लगातार दुई खेलमा सन्दीप विकेट विहिन
बिपिएलमा सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका छन् । शनिबार सम्पन्न बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका छन् ।
योसंगै सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका छन् । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।
सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।
अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।