हुवावेद्वारा पोल्याण्डमा पक्राउ परेका चिनियाँ कर्मचारीलाई वर्खास्त

खरीबोट

बेइजिङ । चीनको विश्व प्रसिद्ध टेलिकम कम्पनी हुवावेले पोल्याण्डमा जासुसी आरोपमा पक्राउ परेका वाङ वेजिङलाई कम्पनीको कर्मचारीबाट बर्खास्त गरेको चीनको राज्य सञ्चालित पत्रिकाले शनिबार जनाएको छ । 

बेजिङको पक्राउले कम्पनीको विश्वव्यापी ख्यातिमाथि प्रभाव पर्नसक्ने देखिएकोले उनलाई पदबाट बर्खास्त गरिएको चिनियाँ ग्लोबल टाइम्स पत्रिकाले कम्पनीलाई उद्धृत गरी जानकारी गराएको छ । 

चिनियाँ व्यवसायीलाई पोल्याण्डमा जासुसी गरेको आरोपमा गरिएको पक्राउप्रति चीनले शुक्रबार ‘उच्च चासो’ व्यक्त गरेको बताइएको थियो । पोल्याण्डको स्थानीय सञ्चारमाध्यमले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी, हुवावेका पोल्याण्ड लागि पक्राउ गरेको जानकारी दिएको थियो । 

“व्यवसायीको पक्राउ परेको समाचार प्रकाशित भएसँगै यसबारे चीनले उच्च चासो देखाएको छ,” चिनियाँ विदेश मन्त्रालयले फ्रान्सको राज्य सञ्चालित समाचार समिति (एएफपी) लाई फ्याक्समार्फत उपलब्ध गराइएको विज्ञप्तिमा जनाएको छ । 

उनले भने, “हामी चाहन्छौँ, सम्बन्धित मुलुकहरूले नै सम्बन्धित मुद्दालाई निष्पक्ष र अन्तर्राष्ट्रिय कानूनअनुसार चलाओस् र सम्वद्ध व्यक्तिको वैधानिक अधिकार र हितलाई सुरक्षित गर्न इमान्दार प्रयास होस् ।” 

हुवावेले एक संक्षिप्त विज्ञप्ति जारी गरी कम्पनी ‘पछिल्लो अवस्थाबारे सचेत बनेको’ र ‘यसलाई हेरिरहेको छ’ तर कम्पनीसँग अहिल्यै थप प्रतिक्रिया नरहेको बताएको थियो । 

हुवावेले आफूले कारोबार गरेका मुलुकहरूको नियम तथा कानूनलाई पालना गरेको र आफ्ना कर्मचारीलाई पनि सोहीअनुरूप चल्न निर्देशन दिइरहेको बताएको छ । 

पोल्याण्डको विशेष सुरक्षा बलले पक्राउ परेका चिनियाँ नागरिक र उनीसँगै रहेका पोल्याण्डका एक व्यक्तिले चीनका लागि पोल्याण्डविरूद्ध जासुसी गरेको आशङ्कामा सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको बताएको छ ।
 

सम्बन्धित समाचार

प्रधानसेनापति थापा असारको पहिलो साता चीन जादै

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा चिनियाँ जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आगामी असारको पहिलो साता चीन भ्रमणमा जाने भएका छन् । छिमेकी मुलुक चीनको साताव्यापी भ्रमणका लागि प्रधानसेनापति थापा असार १ गते

चीनको सञ्चित विदेशी मुद्रा ३१ खर्ब १ अर्ब अमेरिकी डलर

बेइजिङ । चीनको विदेशी मुद्रा सञ्चयको कुल ३१ खर्र्ब अमेरिकी डलरभन्दा बढी पुगेको चीनको राष्ट्रिय विदेशी मुद्रा व्यवस्थापन ब्यूरोले जनाएको छ । ब्यूरोद्वारा उपलब्ध गराइएको तथ्याङ्कमा भनिएको छ, “सन् २०१९को मेको

खडेरी प्रभावित केन्याली नागरिकलाई चीनको सहयोग

नैरोबी । चीनले लामो खडेरीबाट सर्वाधिक प्रभाव परेको केन्याका लागि ११ हजार ८३५ टन चामल प्रदान गरेको चिनियाँ अधिकारीहरुले बताएका छन् । केन्याका लागि चिनियाँ राजदूत ऊ पेङले उक्त सहयोगको पहिलो

चीनमा ‘सांस्कृतिक क्रान्ति’ नेपालमा ‘गुठी क्रान्ति’ !

काठमाडौँ । संयोग नै होला जेठ २६ गते यता राष्ट्रपति एउटा गुठीले आयोजना गरेको मच्छिन्द्रनाथको भोटो हेरिरहेकी थिइन ललितपुरको जाउलाखेलमा । उता गुठीलाई समाप्त पार्न खोजियो भन्दै त्यसलाई जोगाउन आन्दोलनमा


z