सलाहको गोलमा लिभरपुल विजयी 

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शिर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि जित हासिल गरेको छ । गएराती भएको खेलमा लिभरपुलले ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले पेनाल्टी मार्फत गोल गरेका थिए । सलाहले खेलको ५०औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलका लागि खेलको एक मात्र गोल गरेका थिए ।

प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग र एफए कपमा वोल्भसँग पराजित भएको लिभरपुलले यस खेलमा जित हासिल गरेर विजयी लय समातेको छ ।

यो जितसँगै लिभरपुलले २२ खेलमा ५७ अंक बटुल्दै एक खेल कम खेलेको सिटी भन्दा ७ अंकले अगाडी रहेको छ । त्यस्तै ब्राइटन भने २२ खेलमा २६ अंक बटुल्दै लिगको १३औ स्थानमा रहेको छ ।
  
 

सम्बन्धित समाचार

वोल्भरमाथि सिटीको सहज जित, जिससले गरे दुई गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले वोल्भरहाम्पटनलाई पराजित गरेको छ । गएराती भएको खेलमा सिटीले वोल्भरहाम्पटनलाई ३-० गोल अन्तरले पराजित गर्दै लिगमा दोस्रो स्थानमा कायम रहेको छ । सिटीको

टोटनह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ । गएराती भएको खेलमा म्यानचेस्टरले टोटोनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टरको जितमा मार्कोस राशफोर्डले निर्णायक गोल

चेल्सीको जितमा पेड्रो र विलियनको गोल 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडमाथि जित हासिल गरेको छ । गएराती भएकोखेलमा चेल्सीले न्यूक्यासलमाथि २-१ गोल अन्तरले जित हासिल गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियनले

आर्सनलमाथि वेस्टह्यामको शानदार जित, प्रतिबन्धपछि फर्केका नासरीको उत्कृष्ट प्रदर्शन 

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा आर्सनल वेस्टह्याम युनाइटेडसँग पराजित भएको छ । वेस्टह्यामको घरेलु मैदानमा भएको खेलमा वेस्टह्यामले पाहुना टोली आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको


z