• २०८१ बैशाख ६ बिहीबार

सलाहको गोलमा लिभरपुल विजयी 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत शिर्ष स्थानमा रहेको लिभरपुलले ब्राइटनमाथि जित हासिल गरेको छ । गएराती भएको खेलमा लिभरपुलले ब्राइटनमाथि १-० को संघर्षपूर्ण जित हासिल गरेको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले पेनाल्टी मार्फत गोल गरेका थिए । सलाहले खेलको ५०औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुलका लागि खेलको एक मात्र गोल गरेका थिए ।

प्रिमियर लिगमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँग र एफए कपमा वोल्भसँग पराजित भएको लिभरपुलले यस खेलमा जित हासिल गरेर विजयी लय समातेको छ ।

यो जितसँगै लिभरपुलले २२ खेलमा ५७ अंक बटुल्दै एक खेल कम खेलेको सिटी भन्दा ७ अंकले अगाडी रहेको छ । त्यस्तै ब्राइटन भने २२ खेलमा २६ अंक बटुल्दै लिगको १३औ स्थानमा रहेको छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै