• २०८१ बैशाख ८ शनिबार

चेल्सीको जितमा पेड्रो र विलियनको गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले न्युक्यासल युनाइटेडमाथि जित हासिल गरेको छ ।

गएराती भएकोखेलमा चेल्सीले न्यूक्यासलमाथि २-१ गोल अन्तरले जित हासिल गरेको हो । चेल्सीको जितमा पेड्रो र विलियनले एक एक गोल गरेका थिए । न्यूक्यासलका लागि कियारन क्लार्कले एक गोल फर्काएका थिए ।

जितपछि चेल्सीको २२ खेलमा ४७ अंक भएको छ भने लिगको चौथो स्थानमा रहेको छ । आर्सनल गएराती पराजित भएपछि अब चौथो स्थानक लागि चेल्सी थप सुरक्षित देखिएको छ ।

चेल्सी आर्सनल भन्दा ६ अंकले अगाडी रहेको छ । त्यस्तै न्यूक्यासलको भने २२ खेलमा १८ अंक रहेको छ भने न्यूक्यासल रेलिगेशन जोनमा रहेको छ ।

चेल्सीले प्रिमियर लिगमा अब अर्को खेल आर्सनलसँग खेल्दै छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै