• २०८१ बैशाख ८ शनिबार

हार्दिक र राहुलको ठाउमा शुभम र विजय भारतीय टिममा 

kharibot

शुभम गिल

काठमाडौँ । अस्ट्रेलियाविरुद्धको पहिलो एकदिवसीय खेलमा पराजित भएको भारतीय क्रिकेट टिममा हाल टिभी शोका कारण विवादमा फसेका हार्दिक पाण्डेय र केएल राहुलको ठाउमा युवा खेलाडी शुभम गील र विजय शंकरलाई टिममा समावेश गरिएको छ ।

हार्दिक र राहुललाई हाल निलम्बन गरेर कारवाही प्रक्रिया अगाडी बढाईएकोले उनीहरुको ठाउमा शुभम र विजयलाई पठाइएको भारतीय क्रिकेट कन्ट्रोल बोर्डले जनाएको छ । विजय अस्ट्रेलियासँगको बाँकी दुई खेलका लागि अस्ट्रेलिया गएका छन् । अस्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसीय खेल  जनवरी १५ मा एडिलेडमा हुदै छ ।

त्यस्तै शुभम भने अस्ट्रेलियाविरुद्ध खेल्ने छैनन् भने न्युजिल्याण्डविरुद्ध हुने ५ एकदिवसीय र ३ टी-२० खेलको सिरिजमा टिमको हिस्सा हुने छन् । शुभमले हालै रणजी ट्रफीमा पंजावबाट खेल्दै ९८ रनको औसतले ७९० रन बनाएका थिए ।

यसैबीच हार्दिक र राहुलको विषय भारतीय क्रिकेट कन्ट्रोल बोर्डमा पन विवादित बनेको छ । उनीहरुलाई कारवाही गर्ने विषयमा बोर्डमा विवाद भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यसअघि बोर्डका प्रशासनिक कमिटिका प्रमुख बिनोद रायले दुवै खेलाडीलाई २ खेलमा प्रतिबन्ध लगाउने सिफारिस गरेपनि कानुनी कमिटिले सो सल्लाह विपरित सल्लाह दिएपछि हार्दिक र राहुलको विषय लम्बिने भएको हो । बोर्डमा विवाद देखिएपछि उनीहरुलाई हाललाई निलम्बन गरेर अर्को निर्णय नभ्य सम्म खेल्न नपाउने निर्णय गरिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै