यौन दुर्व्यवहार गर्ने शिक्षक पक्राउ

खरीबोट

रत्ननगर । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । 

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । 

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् । 

उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

पाँच सेनेगल नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले शङ्कास्पद वस्तुसहित पाँच सेनेगल नागरिकलाई काठमाडौँबाट पक्राउ गरेको छ ।  विभिन्न वनस्पति औषधि, नक्कली कपाल ३० थान, सिद्रा माछा चार पोका, खरायोको सुकुटी, वनस्पति झार दुई पोका र पीठो दुई

एक लाख घुस लिएको अभियोगमा छोरीसहित सहायक रजिष्टार पन्थी पक्राउ

काठमाडौँ । घुस लिएको रकम सुरक्षित गर्न सरकारी कर्मचारीले परिवारका अन्य सदस्यको समेत प्रयोग गर्ने गरेको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक लाख घुस लिएको अभियोगमा कम्पनी

सहायक रजिष्टार पन्थी एक लाख घुस रकमसहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिष्टार गीता कुमारी पन्थीलाई एक लाख घुससहित पक्राउ गरेको छ । अख्तियारका अनुसार कम्पनी रजिष्टारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता

नेपाली चेलीहरुलाई भारत लगी बेच्ने राई पक्राउ 

काठमडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली चेलीबेटीलाई भारत लगेर जबर्जस्ती वेश्यावृत्तिमा लगाउने एक जनालाई पक्राउ गरेको छ । सोमबार सुनसरी धरानका छोङ हांग राई भन्ने सन्तोष राईलाई धरानकै


z