एक किलो सुनसहित छ जना पक्राउ

खरीबोट

लहान । पूर्व पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ स्थित घुर्मीपुलबाट एक किलो ७५७ ग्राम सुनसहित सशस्त्र प्रहरीको टोलीले शनिबार छ जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिरहा नम्बर ७ बाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जीप चेकजाँच गर्ने क्रममा सुनसहित सिरहाको लहान नगरपालिका–१९ निवासी ३२ वर्षीय गाडी चालक मोहमद रियाज राईम, सोही ठाउँ निवासी ४२ वर्षीय मोहमद हकिम, २८ वर्षीय मोहमद अमिरुल, २४ वर्षीय मोहमद रहमान, ४५ वर्षीय कैयुम राईम र सप्तरीको खड्क नगरपालिका–३ निवासी १८ वर्षीय मोहमद अफ्रोजलाई पक्राउ गरेको जनाएको छ ।

चालक रियाजको साथबाट चार थान वाला र तीन वटा काँचो सुन, अमिरुलको साथबाट एउटा बाला र कैयुमको साथबाट एउटा बाला बरामद भएको सशस्त्र प्रहरी नायब उपरीक्षक अजय छतकुलीले जानकारी दिए ।

पक्राउ परेकाको साथबाट नगद रु ३४ हजार ५०० र छ थान मोवाइल सेटसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।  

सम्बन्धित समाचार

व्यापारी अपहरण प्रयासका दुई आरोपित पक्राउ

सप्तरी । सप्तरीका एक व्यापारीको अपहरण गर्न खोज्ने दुई आरोपितलाई प्रहरीले पक्राउ गरी आज अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही थालेको छ ।  सप्तरीको डाकनेश्वरी नगरपालिका १ का ३२ वर्षीय मो

विप्लवका १७ कार्यकर्ता पक्राउ

काठमाडौँ । सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक र विध्वंशकारी समूह घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै प्रहरीले अहिलेसम्म १७ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । नेपाल

भूमाफियालाई सघाएको आरोपमा आठ कर्मचारी पक्राउ

बाँके । सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति भूमिसुधार तथा मातपोत

घुस लिएको अभियोगमा पक्राउ

काठमाडौँ । नियमानुसार गर्नुपर्ने काममा समेत आलटाल गरी सेवाग्राहीसँग घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बा सरोज रोकालाई आज पक्राउ गरेको छ ।  आयोगका प्रवक्रा


z