महिला टी-२० : मलेसियाले नेपाललाई ६२ रनको लक्ष्य दियो 

खरीबोट

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत दोस्रो खेलमा मलेसियाको महिला टिमले नेपाललाई ६२ रनको लक्ष्य दिएको छ ।

अहिले जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुदै ६१ रन बनाएको छ ।

मलेसियाका लागि सियो ताजिन यीले सर्वाधिक १२ रन बनाएकी छन् भने युश्रीना याकोबले ११ रन बनाएकी छन् । मलेसियाका लागि अन्यले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सरिता मगरले ४ विएत लिएकी छन् भने कविता कुवर, इन्दु बर्मा, नेरी थापाले एक एक विएक्त लिएका छन् । नेपालले मलेसियाका तीन खेलाडीलाई रन आउट गरेको थियो ।

६२ रनको लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

नेपालले शनिबार चीनमाथि १० विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले अब जनवरी १४ मा युएईको १६ मा थाईल्याण्ड ए टिमको सामना गर्नेछ ।        
 

सम्बन्धित समाचार

स्वदेश फर्किएपछि प्रशिक्षक र कप्तान भन्छन्, ‘मानसिक दबाबले फाइनल हार्यौ’  

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास प्रतियोगिताको उपविजेता बनेर नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ ।  स्वदेश फर्किएको नेपाली महिला टिमकी कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दासले प्रतियोगिताले

आयोजक थाइल्याण्डसँग नेपाल पराजित 

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल आयोजक थाइल्याण्डसँग पराजित भएको छ । थाइल्याण्डसँग पराजित भएसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । थाइल्याण्डले दिएको १२२ रनको लक्ष्य पछाएको

महिला टी-२० फाइनल : थाइल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य 

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास क्रिकेट प्रतियोगिताको फाइनल खेलमा थाइल्याण्डले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको थाइल्याण्डले २० ओभरमा एक विकेट गुमाएर

महिला टी-२० फाइनलमा आज नेपाल र थाइल्याण्ड भिड्दै, को कति बलियो ?

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टि–२० स्म्यास–२०१९ क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले आज थाइलैण्डसँग भिड्दै छन् ।  बैंककको ट्रेडथाइ क्रिकेट मैदानमा शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले पराजित गर्दै फाइनल


z