• २०८१ बैशाख ६ बिहीबार

महिला टी-२० : मलेसियाले नेपाललाई ६२ रनको लक्ष्य दियो 

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत दोस्रो खेलमा मलेसियाको महिला टिमले नेपाललाई ६२ रनको लक्ष्य दिएको छ ।

अहिले जारी खेलमा टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुदै ६१ रन बनाएको छ ।

मलेसियाका लागि सियो ताजिन यीले सर्वाधिक १२ रन बनाएकी छन् भने युश्रीना याकोबले ११ रन बनाएकी छन् । मलेसियाका लागि अन्यले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

नेपाली बलर सरिता मगरले ४ विएत लिएकी छन् भने कविता कुवर, इन्दु बर्मा, नेरी थापाले एक एक विएक्त लिएका छन् । नेपालले मलेसियाका तीन खेलाडीलाई रन आउट गरेको थियो ।

६२ रनको लक्ष्य पाएको नेपालले केहीबेरमा जवाफी ब्याटिंग गर्दै छ ।

नेपालले शनिबार चीनमाथि १० विकेटको जित हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको थियो ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड , थाईल्याण्ड ‘ए’ , इन्डोनेसिया, म्यानमार गरि १० टोलिलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

नेपालले अब जनवरी १४ मा युएईको १६ मा थाईल्याण्ड ए टिमको सामना गर्नेछ ।        
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै