• २०८१ बैशाख ८ शनिबार

शुन्य समयमा सांसदको प्रश्न : संसद सचिवालयको खाता किन विदेशी लगानीको बैंकमा ?

kharibot

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको आइतबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न समस्याका बारेमा विषय उठाएका छन् ।

सांसदहरुले संसद सचिवालयको बैंक खाता विदेशी लगानीको बैंक एभरेष्ट बैंकबाट गरिएको भन्दै सांसदहरुले संसद सचिवालयको बैंक खाता सरकारी बैंकमा संचालन गर्न आग्रह गरेका छन् ।

सांसद बिना कुमारी श्रेष्ठ, सांसद शशी श्रेष्ठले संसद सचिवालयको बैंक खाता सरकारी बैंकमा संचालन गर्न माग गरेका छन् । सांसद श्रेष्ठले संसद सचिवालयको क्यान्टिनमा विभेद गरिएको भन्दै संसदहरु र अन्यका लागि फरक फरक गरिएको भन्दै त्यो हटाउन माग गरेकी छन् ।

त्यस्तै सांसद लाल काजी गुरुङले स्थानीय पूर्वाधार विकास कार्यक्रममा निर्वाचित र समानुपातिक सांसद भनेर विभेद भएको भन्दै सरकारले कि त सबै सांसदलाई यस्तो बजेट व्यवस्था गर्नुपर्ने या निर्वाचित सांसदहरुका लागि मात्र गरिएको यस्तो व्यवस्था बन्द गरिनुपर्ने माग गरेका छन् । 

साथै सांसद सत्य पहाडीले जिल्ला कार्यलय खारेज गरिएकोमा अर्को व्यवस्था नभएसम्म सो व्यवस्था कायम राख्न माग गरेकी छन् ।

त्यस्तै सांसद सिता देवी यादवले डा. गोविन्द केसीसँग भएको सहमति पालना नभएको भन्दै डा. केसीको माग पुरा गर्दै डा.केसीको जीवन रक्षा गर्न माग गरेकी छन् ।

त्यस्तै सांसद हरिबोल गजुरेलले सरकारले निर्धारण गरेको नयाँ मर्यादाक्रमको विषयमा प्रश्न राख्दै नयाँ मर्यादाक्रम विवादस्पद भएको भन्दै सरकारले हचुवा तरिकाले गर्ने र पछी हट्ने बानीको अन्त्य हुनुपर्ने माग गरे । त्यस्तै सांसद हिरा गुरुङले निर्मला पन्तको हत्या भएको ६ महिना भएको भन्दै अपराधी पक्रिन नसक्नु, महंगी नियन्त्रण गर्न नसक्नु सरकार असफल भएको बताएकी छन् ।

सांसद ज्ञानेन्द्र बहादुर कार्कीले डा.गोविन्द केसीलाई अनसनमा जानु पर्ने बाध्यता पारेर राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सरकारको विश्वासमा प्रश्न उठेको भन्दै डा. केसीका मागलाई तोडमोड नगरी पुरा गर्न माग गरेका थिए ।

       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै