• २०८१ बैशाख ६ बिहीबार

मानवअधिकारकर्मी चन्दको जीवन असुरक्षित भएको भन्दै कांग्रेस सांसदद्वारा ध्यानाकर्षण

kharibot

काठमाडौं । कांग्रेस सांसद डा. डिला संग्रौलाले प्रदेश नं ७ कञ्चनपुर जिल्लामा बस्ने विगत २४ वर्षदेखि मानव अधिकारको क्षेत्रमा कार्यरत शारदा चन्दको बारेमा आइतबार संसदमा विशेष समयमा आफने धारणा राखेकी छिन् ।

उनले चन्दले निर्मला पन्तको बलात्कारपछि हत्याको सम्बन्धमा दोषी पत्ता लगाउन राज्यलाई दबाव दिने क्रममा विभिन्न धाक, धम्की डरका घटनाहरु भोग्नुपरेको जानकारी दिइन् ।

उनले भनिन्, ‘गत मंसिर १६ गते मध्यरातमा अज्ञात समूहले उनको घरको गेटमा आएर धम्की दिने र त्रास देखाउने प्रयास गरे । यस्तो क्रियाकलाप पटक–पटक घटिरह्यो । यसैगरी २०७५ मंसिर २६ गते उनी आफ्नो अफिस जाँदा बाटोमा मोटामोटा माक्स लगाएका अज्ञात व्यक्तिहरुले उनको मोटरसाईकलको पिछा गरे यो क्रम अहिलेसम्म पनि जारी छ ।’

उनी काठमाडौैं आउँदा पनि अज्ञात समूहले उनको पिछा नछोडेको उनको भनाइ छ । उनले चन्दको फोन कल डिटेल समेत सामाजिक सञ्जालमा पोष्ट भएको भन्दै आपत्ति जनाइन् । चन्दले आफ्नो जीवन सुरक्षाको लागि भन्दै लिखित र मौखिक रुपमा जिल्ला प्रहरी उपरिक्षक कुवेर कठायत, प्रजिअ, मानवअधिकार आयोग, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र ७ नं प्रदेशको मुख्यमन्त्री कार्यालयसमक्ष लिखित निवेदन दिए पनि सरकार र सुरक्षा निकाय मौन रहेकोमा प्रश्न गरिन् । व्यक्तिले स्वतन्त्र रुपमा बाँच्न समेत नपाएको भन्दै राज्य आतंक अन्त्य गर्न र दोषी र अपराधीलाई तुरुन्त पक्रिन माग गरिन् । 

निर्मला पन्तको न्यायको आन्दोलनरत महिला अधिकारकर्मी शारदा चन्दको जीउधनको सुरक्षा, उनको बाच्न पाउने अधिकारको संरक्षण, उनलाई तर्साएर  घर परिवारलाई आतंकित बनाउने व्यक्ति जो कोही भए पनि कारबाही गर्न उनको माग छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै