• २०८१ बैशाख ६ बिहीबार

बाराको अमृतगञ्जमा कृषि बैंकको अनलाइन बैंकिङ सेवा सुरु 

kharibot

काठमाडौं । बारा जिल्लाको अमृतगंजमा कृषि विकास बैंकले अनलाइन बैकिङ्ग सेवा पनि सुरु गरेको छ । गत २२ गते बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजय कुमार यादवले सेवाको संयुक्त उद्घाटन गरेका थिए ।

कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य बैंकको शाखा कार्यालय अमृतगंजका प्रबन्धकले राखेका थिए । कार्यक्रममा सेवाग्राही, उद्योग व्यवसायी तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको थियो भने नगरपालिकाका मेयर उपेन्द्र यादव, उप–मेयर तारादेवी साहु कानु, ग्राहकको तर्फबाट मेदिनी मण्डल, मेयर विजय कुमार यादवले बैकले उपलव्ध गराउने सेवाहरुले अमृतगञ्ज बासिहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेमा शुभकामना दिएको बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराएका थिए भने कार्यक्रमको अध्यक्षता गरेका क्षेत्रीय निर्देशक बाबुकाजी थापाले देशको आर्थिक विकासमा टेवा पु¥याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा र अबका दिनमा बरियापुरबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा कृषि विकास बैंक लि.का उपमहाप्रबन्धक पूर्ण प्रसाद आचार्य, शाखा प्रमुख तथा बैंकका प्रवक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि.क्षेत्रिय कार्यालय वीरगञ्जका शा.प्र. रामचन्द्र अधिकारीलगायत अन्य कर्मचारीहरुको उपस्थिति थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै