• २०८१ बैशाख ११ मंगलबार

प्रदेश २ का मन्त्रीले सचिव कुटे !

kharibot

विद्यानाथ झा पत्रका हरुसँग कुरागर्दै ।  

जनकपुर । प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका छन् । 

मन्त्रीले भनेको एनजिओलाई योजना नदिएको भन्दै सभामुख सरोजकुमार यादवकै अगाडि आफूलाई कुटपिट गरेको सचिव झाले पत्रकारहरुलाई बताएका छन् ।   

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव झाले आफूलाई मन्त्रीले कार्यकक्षमै बोलाएर कुटपिट गरेको बताएका छन् । उता मन्त्री यादवले भने कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको दावी गरेका छन् ।

कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा प्रहरीले सचिवलाई पक्राउ गरेको छ। उता मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन्। कार्यकक्षमा दुर्व्यवहार गरेपछि प्रहरीलाई खबर गरेको मन्त्रीको भनाइ छ।

मन्त्री यादवले सचिव झालाई अर्थमन्त्रीको चेम्बरमै कुटपिट गरेका हुन्। कुटपिटपछि पत्रकारसँग छोटो कुरा गर्दै सचिव झाले भने, ‘हाम्रै मान्छे हुनुपर्छ, हाम्रै आइएनजीओ हुनुपर्छ भन्ने उहाँले इन्ट्रेस्ट राखिराख्नु भएको छ।’  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै