• २०८१ बैशाख ६ बिहीबार

आन्दोलनरत स्वास्थ्य सहायकहरुसँग वार्ता गर्न टोली गठन

kharibot

काठमाडौँ । कर्मचारी समायोजन अध्यादेश सच्याउनुपर्नेलगायत विभिन्न माग राखी आन्दोलनरत सरकारी चिकित्सिक सङ्घ र स्वास्थ्य सहायक सङ्घसँग वार्ता गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वार्ता टोली गठन गरेको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनीको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली आज गठन भएको मन्त्रालयले जनाएको छ । 

टोलीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागार्इं र समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठ रहेका छन् । मन्त्रालयका प्रवक्तासमेत रहेका श्रेष्ठले भोलि ती दुवै सङ्घसँग मागका विषयमा वार्ता हुने जानकारी दिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै