• २०८१ बैशाख ८ शनिबार

बेटिसविरुद्ध रियल म्याड्रिड विजयी 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती भएको खेलमा रियल म्याड्रिडले बेटिसलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्याड्रिडको जितमा लुका मोड्रीच र बेटिसकै पुर्व खेलाडी डानी सेबालोसले एक एक गोल गरेका थिए भने बेटिसका लागि एक गोल कानालेसले गरेका थिए । खेल १-१ गोलको बराबरीमा रहेको अवस्थामा सेबालोसले निर्णायक गोल गर्दै आफ्नो पुर्वक्लब बेटिसलाई स्तब्ध बनाएका थिए । उनले फ्री-किकबाट गोल गरेका थिए ।

जितपछि रियल म्याड्रिड लिगको चौथो स्थानमा उक्लिएको छ । रियलको १ खेलमा ३३ अंक छ भने शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १० अंकले पछाडी रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै