• २०८१ बैशाख ८ शनिबार

टोटनह्याममाथि म्यानचेस्टर युनाइटेडको रोमान्चक जित

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई पराजित गरेको छ । गएराती भएको खेलमा म्यानचेस्टरले टोटोनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टरको जितमा मार्कोस राशफोर्डले निर्णायक गोल गरेका थिए । राशफोर्डले खेलको ४४औ मिनेटमा खेलको एक मात्र गोल गरेका थिए ।

यसका साथै म्यानचेस्टरका अन्तरिम प्रशिक्षकले लिगमा आफ्नो लगातार पाँचौ खेलमा जित हासिल गरेका छन् । उनले क्लबका पुर्वप्रशिक्षक म्याट बजीको रेकर्डसँग बराबरी गरेका छन् ।

जितपछि म्यानचेस्टर युनाइटेड २२ खेलमा ४१ अंकसहित लिगको छैठौ स्थानमा रहेको छ भने आर्सनलसँग अंक बराबरी गर्दै गोल अन्तरका आधारमा मात्र पछाडी रहेको छ । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै