• २०८१ बैशाख ७ शुक्रबार

प्रदेश २ मा सचिव कुटिएको विषय छानबिन हुदै, समितिले छानबिन थाल्दै   

kharibot

धनुषा । प्रदेश २ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कुटपीट गरेको घटना विषयमा छानबिन सुरु भएको छ । 

आइतबार घटना पश्चात् आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवको संयोजकत्वमा गठित ३ सदस्य टोलीले सोमबारबाट छानबिन सुरु गरेको हो ।

सोमबार टोलीको बैठक बसेर दुवैपक्ष र घटना स्थलमा रहेका प्रत्यक्षदर्शीहरुसँग बुझ्ने काम सुरु गर्ने भएको छ । घटनाको छानबिन गरी सातदिन भित्र प्रतिवेदन तयार गर्ने भएको छ । 

तीन सदस्य छानविन टोलीको संयोजकमा कानुनमन्त्री यादव, सदस्यमा मुख्य सचिव सुवेदी र मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव हरी फुँयाल सदस्य छन् ।

आइतबार आफूले भने अनुकुलको एनजीओमा कार्यक्रम नपार्दा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर प्रदेश २ का सभामुख सरोज यादवकै सामुन्ने कुटपीट गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै