• २०८१ बैशाख ८ शनिबार

भण्डारीको बोनम्यारो प्रत्यारोपणको लागि सहयोग गर्न कोमल ओलीको अपिल 

kharibot

काठमाडौ । दाङ तुलसीपुर उपमहानगरपालिका-१० बनगैका ६० वर्षीया रोमहर्ष भण्डारीलाई बोनम्यारो प्रत्यारोपणको सहयोगको लागि गायिका एवं राष्ट्रिय सभाकी सांसद कोमल ओलीले सहयोगका लागि अपिल गरेकी छन् । 

समाजसेवी रोमहर्ष भण्डारीलाई बोनम्यारो पत्यारोपण गर्नु पर्ने देखिएको  र आर्थिक अवस्थाले नधान्ने देखिएपछि जनप्रतिनिधि भएकोले आर्थिक सहयोगको लागि पत्रकार सम्मेलन गरेर सहयोगको आव्हान गरेकी हुन् ।  

दाङ अर्बुद रोग निवारोण संघका अध्यक्ष समेत रहेका भण्डारीले धेरै अर्बुद रोगका विरामीहरुलाई रोग लाग्नबाट कसरी बच्ने, बेलाबेला अस्पताल जानुपर्ने जचाइ राख्नुपर्छ भनेर जागरण जगाउदै आएका थिए । विगत केही समय देखि बोनम्यारोको स्वास्थ समस्यामा परेका भण्डारी क्यान्सरको फस्ट स्टेज रहेको ओलीले जानकारी दिईन् ।  

काठमाडौको सिभिल अस्पतालमा  र भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा गएर औषधी उपचार गराएर डाक्टरलाई देखाएपछि उनको बोनम्यारो फेर्नै पर्ने रिपोर्ट आएपछि भारतको औषधी उपचारको अवस्था बुझ्दा बोनम्यारो फेर्नको लागि नै १६ लाख भारतीय रुपैयाँ खर्च हुने अस्पतालले जानकारी दिएका छन् । 

उनको बाँच्ने अभिलाषा पुरा गर्न सहयोगको अपेक्षा गर्नु परेको बताउदै सांसद ओलीले भण्डारीले अहिले प्रतिमहिना नेपाली ३० हजार बराबर औषधी खाने गरेको जानाकारी गराइन । 

ओलीले सबै भन्दा ठुलो स्वास्थ्य र स्वास्थको लागि मानवीय सहयोग हो भन्दै उद्योगी, व्यापारी, व्यवसायीहरु, देशविदेशमा बस्ने सबैबाट सहयोगको अपेक्षा गरेको जानकारी गराइन । 

सम्मेलनमा आफ्नो बारे जानाकारी गराउदै रोमहर्ष भण्डारीले २०७१ सालदेखि विरामी हाडको नशा च्यापिएर १ वर्षसम्म बेडमा नै रहनु परेको बताए ।  धेरै खर्च र दुख भोगिसकेको बताउदै ०७२ सालमा टिचिङमा ढाडको अप्रेसन गरेर ढाइसय ग्राम हड्डी निकाले फालेपछि हिड्न सुरु गरेका बताए । ०७४ साल साउन २१ गते देखि उनमा बोनम्यारोको समस्या आयो । तत्काल निजामति कर्मचारी अस्पताल नयाँ वानेश्वरका डा. विशेष पौडेलसँग उनी उपचार गराउदै छन ।  उक्त अस्पतालबाट औषधी खाने व्यवस्था मिलाइदिएका छन । 

उनले आफुमा अझै पनि बाच्ने इच्छा भएको बताउदै भने  “दुखी छु सबैमा अनुरोध नेपाल सरकार, वैदेशिक रोजगारमा जानुभएका र नेपालमा नै बस्नुहुने आम नेपाली दाजुभाई दिदिबहिनी मर्न चाहन्न ।” सञ्चार माध्यमको सरण लिन आइपुगेको बताउदै उनले जीवन रक्षाको निम्ति सहयोगको व्यवस्था मिइदिन अनुरोध गरेका छन ।

भण्डारीको सहयोगका लागि ओलीले आफ्नो व्यक्तिगत तर्फबाट १० हाजार सहयोग गरकी छन् । त्यस्तै विविल राइज फाउन्डेसनका तर्फबाट निर्देशक निर्मल श्रेष्ठले २० हजार सहयोग   हतान्तरण गरेका छन् ।

भण्डारीलाई उनलाई सहयोग गर्न चाहानेका लागि बैंक अफ काठमाडौं खाता नं : ०५१९००००२५०७५२४ र मोबाइल नम्बर ९८४७८३१२३२—रोमहर्ष भण्डारीमा  तथा उनको नामको फेसबुक पेजमा पनि जानकारी गराउन सकिने छ ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै