• २०८१ बैशाख ५ बुधबार

तीन अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

kharibot

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु तीन अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

कूल ९१ दिनका लागि उक्त बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकले मङ्गलबार उक्त बिल जारी गर्नेछ ।

बैंकले यसअघि पुस २३ गते रु तीन अर्ब २५ करोड बराबरको २८ दिने र रु एक अर्ब बराबरको ९१ दिने ट्रेजरी बिल बिक्री गरेको थियो ।

सरकारलाई आवश्यकपर्ने अल्पकालीन खर्च जुटाउन यस्तो बिल बिक्री गर्ने गरिन्छ । राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई खरीद प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै