• २०८१ बैशाख १३ बिहीबार

सातै प्रदेशमा इन्भेष्टमेन्ट बैंकको प्रादेशिक कार्यालय स्थापना

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सात वटै प्रदेशको प्रादेशिक कार्यालय स्थापना गरेको छ  ।

स्थानीयस्तर बाटै सहज र सरत तवरले काम गर्न सजिलो होस भन्नका लागि राष्ट्र बैंकको नियमानुसार प्रादेशिक कार्यालय स्थापना गरिएको बैंकले जानकारी दिएको छ ।  

जस अन्र्तगत प्रदेश नं.१ को प्रादेशिक कार्यालय विराटनगरमा,  प्रदेश नं.२ कोे वीरगञ्जमा,  प्रदेश नं.३ को नारायणचौर (नक्साल) मा तोकिएको बैकले जनाएको छ । त्यस्तै गण्डकी प्रदेशको कार्याल यपोखरामा, प्रदेश नं. ५ को भैरहवामा, कर्णाली प्रदेशका लागि सुर्खेतस्थित विरेन्द्रनगरमा र प्रदेश नं.७ का लागि धनगढीमा प्रादेशिक कार्यालय स्थापना गरिएको छ । प्रदेश नं.१ को प्रादेशिक कार्यालयले ९ वटा शाखा, प्रदेश नं २, ४ (गण्डकी प्रदेश),  ६ (कर्णाली प्रदेश) र  ७ ले ६ वटा शाखा,  प्रदेश नं ३ ले ३५ वटा र प्रदेश नं ५ ले १० वटा शाखाको कार्य सम्पादनमा समन्वय गर्ने छ ।

बैंकिङ सेवा नपुगेका स्थानीयतहमा कार्यालय खोल्ने नेपाल राष्ट्र बैंकको निर्देशनलाई पालना गर्दै शाखा बिस्तारको क्रममा बंैकले काठमाण्डौं उपत्यकाभित्र २३ तथा उपत्यकाबाहिर ५५ गरी जम्मा ७८ वटा शाखा कार्यालय मार्फत सेवादिइरहेको छ साथै आठ वटा एक्सटेन्सन काउन्टर, नौ वटा राजश्व संकलन एक्सटेन्सन काउन्टर, ४७ वटा शाखारहित बैंकिङ सेवातथा एक सय नौ वटा एटिएमबाट आफ्नो वित्तिय सेवालाई फराकिलो पारेको छ  । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै