• २०८१ बैशाख ७ शुक्रबार

गिरिजा र सुशीलको नामका अस्पताल विघटन गर्ने तयारीमा सरकार, काँग्रेसको आपत्ति 

kharibot

काठमाडौँ । गिरिजाप्रसाद स्वासप्रस्वास अस्पताल र सुशील कोइराला क्यान्सर अस्पताल स्वास्थ्य मन्त्रालयले विघटन गर्न लागेको भन्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाएका छन् ।

गिरिजाप्रसाद स्वासप्रस्वास अस्पताल तनहुँको दुलेगौडामा सुरु भएको र ७ सय रोपनी जग्गासमेत अस्पताल अहिले ३५ बेडको अस्पताल संचालन रहेको छ भने बाँकेमा सुशील कोइरालाको नाममा क्यान्सर अस्पताल खोलिएको छ ।

सिंहदाबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले दुई अस्पतालको विघटन गर्ने निर्णय अगाडी बढाएमा नेपाली काँग्रेसले कठोर कदम चाल्ने चेतावनी दिएका छन् ।

अहिले अस्पताल चलिरहेको भएपनि संचालक समिति पनि निष्क्रिय बनाइएको उनले जानकारी दिए । अहिलेको सरकारले ११ वटा अस्पताललाई केन्द्रमा राख्ने स्वास्थ्य मन्त्रालय मन्त्रिपरिषदमा पठाएको भएपनि मन्त्रिपरिषदले दुई अस्पतालबाहेक अन्यलाई मात्र स्वीकृति दिएको भन्दै अहिले स्वास्थ्य मन्त्रलायले दुई अस्पताललाई विघटन गर्ने प्रक्रिया सुरु भएको बताए । 

आफुहरुले प्रधानमन्त्री ओलीसँग भेटेर कुरा राख्ने पहल गरिरहेको भन्दै उनले सरकार प्रतिपक्षी दललाई यस्तो व्यवहार गरे संसददेखि सडकसम्म संघर्ष गर्ने चेतावनी दिए ।
सरकार विकास गर्न होइन भत्काउन लागेको आरोप लगाउदै नेता पौडेलले एकपछि अर्को गर्दै सरकार असफल हुदै गएको बताए । यसलाई सरकारले करेक्सन नगरे काँग्रेस कडारुपमा प्रस्तुत हुने बताए ।

वाइडबडी प्रकरण, निर्मला हत्या प्रकरण जस्ता घटनाले सरकारको असफलता देखिएको भन्दै नेता पौडेलले सरकार पूर्ण रुपमा असफल हुदै गएको बताए । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै