• २०८१ बैशाख १४ शुक्रबार

लगातारको हारसँगै मेलवर्न स्टार्स लिगको पुछारमा 

kharibot

काठमाडौँ । बिग बास लिग अन्तर्गत मेलवर्न स्टार्सले आफ्नो आठौ खेलमा पनि हार बेहोरेको छ । यो हारसहित मेलवर्नले लिगमा पाँचौ हार बेहोरेको छ भने यो लगातार तेस्रो हार हो । 

सोमबार सम्पन्न खेलमा मेलवर्न स्टार्स होवर्ट हुरिक्यानसँग ५९ रनले पराजित भएको छ । होवर्टले दिएको १८६ रनको लक्ष्य पछाएको मेलवर्न १७.१ ओभरमा १२६ रन बनाउदा अलआउट भएको थियो । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको होवर्टले २० ओभरमा केवल २ विकेट गुमाउदै १८५ रन बनाएको थियो । 

मेलवर्नका नियमित कप्तान ग्लेन म्याक्सवेल, नेपाली लेग स्पिनर सन्दीप लामिछाने, अस्ट्रेलियन लेग स्पिनर एडम जाम्पाजस्ता खेलाडी अनुपस्थित रहदा मेलवर्नले लगातार तेस्रो खेलमा हार बेहोरेको छ । म्याक्सवेल र जाम्पा भारतविरुद्धको एकदिवसीय टिममा परेपछि मेलवर्न छोडेका छन् भने सन्दीप हाल पुर्वसम्झौता अनुसार बंगलादेश प्रिमियर लिग खेलिरहेका छन् ।

यो हारपछि मेलवर्न लिगमा पुछारमा पुगेको छ । मेलवर्नको ८ खेलमा २ जित र ६ हार सहित ६ अंक रहेको छ ।  त्यस्तै होवर्टले भने ७ खेलमा  ६ जित र एक हारसहित १२ अंकसहित लिगको शिर्ष स्थानमा रहेको छ ।

लिगमा मेलवर्न अब अर्को खेल आगामी शनिबार मेलवर्नकै अर्को क्लब मेलवर्न रेनेगेड्ससँग खेल्ने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै