• २०८१ बैशाख ७ शुक्रबार

आर्मीलाई पराजित गर्दै फाल्गुनन्द गोल्डकपको उपाधि झापा–११ ले जित्यो 

kharibot

हिलिहाङ । झापा–११ ले पाँचथरको फिदिममा सम्पन्न १०औँ अन्तर्राष्ट्रिय फाल्गुनन्द गोल्डकपको उपाधि हात पारेको छ । 

आज भएको फाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो । उपाधिसँगै झापाले नगद रु चार लाख हात पाएको छ भने उपविजेता बनेको आर्मीले रु दुई लाख पाएको छ ।

झापालाई जिताउन पूजन उपरकोटी एक्लैले खेलको २३औ र ८३औँ मिटेमा गोल गरेका थिए । जवाफमा आर्मीका तर्फबाट राजीव गुरुङले खेलको ७२औँ मिनेटमा सान्त्वनामार्फत एक गोल फर्काए ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्तामले यमाहको १२५ सिसीको मोटरबाइक प्राप्त गरे । खेलमा उत्कृष्ट प्रदर्शन गरेका आर्मीका राजीव गुरुङ ‘म्यान अफ दी म्याच’ घोषित भए । यस्तै हाई स्कोरर झापाका कर्ण लिम्बू भए । बेस्ट फरवाड झापाका दिलेन लोक्ताम, बेस्ट मिड फिल्डर झापाकै पूजन उपरकोटी, बेस्ट डिफेन्स आर्मीका युद्ध साही घोषित भए ।

राइजिङ प्लेयर आयोजक फिदिम स्पोटिङ क्लबका प्रबीन जवेगु भए भने बेस्ट कोच झापाका प्रवेश कटुवाल भए । गत पुस २१ गतेबाट शुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै