• २०८१ बैशाख ८ शनिबार

बोलेरोको ठक्करबाट दुईको मृत्यु

kharibot

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ लेवाटारमा सोमबार साँझ बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाम्पालकोट–१ घर भएका २३ वर्षीय विवेक खनाल र पछाडि बस्ने पाँचपोखरी थाम्पालकोट–४ बस्ने २१ वर्षीय उदित बस्नेत रहेका छन् । 

प्रहरीका अनुसार मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा६च ३११० नंको बोलेरोले काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको प्रदेश ३–०२००३ प ५२१० नंको मोटरसाइकललाई साँझ ५ः२० बजे ठक्कर दिएको थियो । 

बोलेरोको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जना गम्भीर घाइते भएका थिए । घाइतेको उपचारका क्रममा भरतपुर अस्पतालमा साँझ ६ : ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बोलेरो र चालक इलाका प्रहरी कार्यालय मुग्लिनमा रहेको प्रहरीले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै