• २०८१ बैशाख ७ शुक्रबार

एशिया कपको समुह चरणबाट बाहिरएपछि भारतीय प्रशिक्षकको राजीनामा 

kharibot

काठमाडौँ । भारत एसिया कप फुटबलको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा बहराइनसँग पराजित भएपछि भारतको यात्रा समाप्त भयो ।

नियमित ९० मिनेटसम्म बहराइनलाई गोलरहित बराबरीमा रोकेको भारतले इन्जुरी समयको दोस्रो मिनेटमा पेनाल्टी ब्यहोर्न पुग्यो । पेनाल्टीलाई जमल रशिदले गोल गरेपछि भारत समूह चरणबाटै घर फर्किने पक्का भएको हो ।

बहराइनलाई बराबरीमा रोकेको भए भारत थाइल्याण्डलाई गोलअन्तरमा पछि पार्दै नकआउट चरणमा पुग्ने थियो । यसै समूहको अर्को खेलमा थाइल्याण्ड र घरेलु यूएईले १–१ गोलको बराबरीमा अंक बाडेका छन् ।

एशिया कपमा समुह चरणबाट बाहिरिएपछि भारतीय फुटबल टिमका प्रशिक्षक स्टीफन कांस्टेनटाइनले राजीनामा दिएका छन् । इङल्याण्ड पुर्व खेलाडी समेत रहेका स्टेफेन यसअघि २००२ देखि २००५ सम्म पनि भारतका प्रशिक्षक थिए । ५६ बर्षिय स्टिफन सन् २०१५ देखि भारतीय फुटबल टिमको प्रशिक्षक थिए । स्टेफेनको प्रशिक्षणमा भारत ८ बर्षपछि एशिया कपमा क्वालिफाई गरेको थियो ।  

यूएई पाँच अंक बटुल्दै समूहको विजेता बन्यो भने थाइल्याण्ड र बहराइनको चार–चार अंक भयो । तर गोल अन्तरमा बहराइन पछि पर्‍यो । भारतको भने तीन अंक मात्र छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै