• २०८१ बैशाख ७ शुक्रबार

डिशहोमले आगामी आर्थिक बर्षमा सर्वसाधारणका लागि सेयर जारी गर्ने 

kharibot

काठमाडौँ । नेपालको पे टिभि उद्योगमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क लि. को ९ औं बार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा सम्पन्न भएको छ । 

सो साधारण सभाले आगामी आर्थिक बर्षमा आइपिओ जारि गर्ने निर्णय गरेको छ ।  कम्पनिले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ । 

साधारण सभाले यस अघिकै संचालक समिति लाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको छ । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् । 

नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टिभि कम्पनि हुने भएको छ । 

स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ । डि

शहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको र जुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफल भएको छ ।  

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै