• २०८१ बैशाख १४ शुक्रबार

नेपाली चेलीहरुलाई भारत लगी बेच्ने राई पक्राउ 

kharibot

काठमडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाली चेलीबेटीलाई भारत लगेर जबर्जस्ती वेश्यावृत्तिमा लगाउने एक जनालाई पक्राउ गरेको छ ।

सोमबार सुनसरी धरानका छोङ हांग राई भन्ने सन्तोष राईलाई धरानकै धनकुटे रोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । 

राईले विभिन्न बहानामा बोर्डर पास गरी भारतीय वेश्यालयमा पुर्याई युवतीहरुलाई ६ लाख रुपैयाँसम्ममा बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय धरानमा बुझाइएको जनाइएको छ ।

उनले बालिकाहरुलाई समेत झुक्याएर दिल्लीस्थित जीबी रोडको वेश्यालयमा लगेर बेच्ने गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै