काठमाडौँ । चर्चित टेलिभिजन सिरिज गेम अफ थ्रोन्सको सिजन ८ को ट्रेलर रिलिज गरिएको छ ।
अहिलेसम्म ७ सिजन अत्यन्त सफल रुपमा सम्पन्न गेम अफ थ्रोन्सलाई विश्वभर नै अत्यन्त मन पराइने टेलिभिजन सिरिज मानिन्छ । ९० सेकेन्डको टिजरमा सिरिजका तीन महत्वपूर्ण पात्रलाई देखाइएको छ ।
यस सिजनमा कुल ६ भाग हुने बताइएको छ । सिजन-८ लाई मिग्यल सपोचनिक, डेविड नत्र र डीबी वैसिसले निर्देशन गरेका छन् । यस सिजनलाई गेम अफ थ्रोन्सको अन्तिम सिजन भनिएको छ ।
एचबिओ च्यानलमा गेम अफ थ्रोन्स अप्रिल १४ देखि प्रसारित हुने छ ।