• २०८१ बैशाख १२ बुधबार

गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु

kharibot

गुल्मी । गुल्मीमा आगोमा जलेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–१ मा गोठमा लागेको आगो निभाउने क्रममा जलेर ५१ वर्षीय जीतबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिएका छन् ।

नेपालीको सोमबार राति गोठमा आगलागी भएको थियो । आगो निभाउने क्रममा जलेर घाइते भएका नेपालीलाई गएराति नै उपचारका लागि पाल्पा लगिएको थियो ।

उपचार गर्दागर्दै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै