• २०८१ बैशाख १३ बिहीबार

यस्तो थियो बारामा माघी पर्वको रौनक

kharibot

बारा । मध्य तराई मधेशका थारु समुदायले बडो धुमधामका साथ माघी पर्व अर्थात माघे शंक्रान्तिलाई लाया साल अर्थात नयाँ बर्षका रुपमा मनाएका छन् । 

सोहि क्रममा बाराको बलुवामा थारु समुदायको सांस्कृति झल्किने बिविध कार्यक्रम गरी यस क्षेत्रका थारु समुदायले माघे शंक्रान्तिलाई बडो धुमधामका साथ नयाँ बर्षका रुपमा मनाएका हुन् । 

जिल्लाको कोल्हवी नगरपालिका वडा नं.५ स्थित बलुवामा आयोजना गरिएको माघी पवनी थारु सांस्कृति महोत्सवमा थारु समुदायको बिशोष परिकारहरु घोंङ्गी, कोकडा, अ‍ैंठा, माछा, संगुरको मासु, तिल, भुजाको लड्डु लगायतका खाद्य सामग्री सजाएर राखिएको थियो । 

थारु भाषाका आँसु कवि हृदयनायारायाण चौधरीले आफ्नों धर्म र संस्कृतीलाई जोगाउँन यस्ता कार्यक्रमले मुख्य भुमिका रहेको बताएका छन् । 

माघ एक गतेलाई थारु समुदायको नयाँ वर्षको रुपमा मनाउँने गरेको प्रशंगलाई प्रसंगित गर्दै आफ्नों रहन सहन तथा संस्कृति आजको युवा पिढीले छोड्ने क्रम बढेकोले यस्तो बिक्रिती रोक्न यस कार्यक्रमले सघाउँने बताएका छन् ।

माघी पर्वलाई थारु समुदायले लाया साल अर्थात नयाँ वर्षका रुपमा मनाउँने गरेको थारु भाषाका आँसू कवि चौधरीले बताएका छन् । उनले आज कै दिन देखि नयाँ कामको थालनी सुरु हुँने बताएका छन् । 

आजको दिनबाट ऋण मुक्त हुँने बताउँदै आँसु कबि चौधरीले नयाँ कारोवारको खोजी गर्ने तथा नयाँ घर बनाएर नयाँ जिवनको त्यसै दिन देखि सुरुवात गर्ने बताए ।  धार्मिक मान्यता रहे अनुसार आज कै दिनबाट शादी बिवाह जस्ता विभिन्न माङ्गलिक कार्यहरु सुरु हुँने पनि उनले जानकारी दिएका छन् । 

माघी महोत्सवमा थारु समुदायका संस्कृति झल्काउँने झम्टा नृत्य, पूर्वी रामबिवाह, सामाचेकवा, हरफरनौं, रोपनी जस्ता थारु समुदायको विभिन्न संस्कृति झल्काउँने कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै