• २०८१ बैशाख ११ मंगलबार

आजको कोमिल्लाविरुद्धको खेलमा सन्दीप नखेल्ने   

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्सको चौथो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ इलेभेबाट बाहिर रहेका छन् ।

टस हारेर पहिला ब्याटिंग गर्न लागेको सिलहेट सिक्सर्सका कप्तान डेभिड वार्नरले आजको खेलमा सन्दीप नखेल्ने जानकारी दिएका हुन् । 

सिलहेटले सन्दीपको ठाउमा आजको खेलमा ब्याट्सम्यानलाई खेलाएको छ । पछिल्ला खेलमा कमजोर ब्याटिंगको प्रदर्शन गरेको सिलहेटले वेस्टइन्डिजका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई सन्दीपको ठाउमा खेलाएको छ ।  

अहिलेसम्म खेलेका तीन खेलमा पछिल्ला दुई खेलमा विकेटविहिन बनेका सन्दीप कोमिल्ला भिक्टोरियनविरुद्धको खेलमा प्लेइङ ११ मा पर्न असफल भएका हुन् ।    

बिपिएलमा सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका थिए ।  शनिबार सम्पन्न बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका थिए । 

सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका थिए । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।

सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै