• २०८१ बैशाख ८ शनिबार

‘बुलबुल’ को ट्रेलर रिलिज, स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा  

kharibot

काठमाडौँ । अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर  रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

यस फिल्ममा स्वस्तिमाले टेम्पो ड्राइभरको भूमिका निभाएकी छन् । ट्रेलरमा स्वस्तिमाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखाइएको छ । फिल्मले एक महिला टेम्पो ड्राइभरको नदेखिएको जीवनको भित्री पाटोलाई देखाउन खोजेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । 

नव-अभिनेता मुकुन भुषाल र लक्ष्मी बर्देवाले पनि ट्रेलरमा पर्याप्त स्थान पाएका छन् । निर्देशक विनोद पौडेलले बजार र आफ्नो रुचि दुवै कुरालाई मिलाएर ट्रेलरमा प्रस्तुत गर्ने जमर्को गरेको बताएका छन् । ट्रेलरमार्फत् आफूले फिल्मको बनौट, कलाकारको अभिनय र कलाको संयोजन प्रस्तुत गर्न खोजेको उनको दाबी छ । 

अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे,  एलिना कार्की आदि कलाकारहरुको पनि अभिनय रहेको छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 

रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । फिल्म भ्यालेन्टाइनको अवसर पारेर फागुन ३ गतेबाट देशभर प्रदर्शन हुदै छ । फिल्मले केही दिनअघि फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्कालाई दोहोरो भूमिकामा प्रस्तुत गरेको भिडियो सार्वजनिक गरेको थियो । फिल्मको 'खुद्रा खाद्री माया' बोलको गीत लोकप्रिय भएको छ ।  


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै