• २०८१ बैशाख ७ शुक्रबार

सिलहेट सिक्सर्स ६८ रनमा अलआउट   

kharibot

काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बिपिएल) अन्तर्गत सिलहेट सिक्सर्स कोमिल्ला भिक्टोरियन्सविरुद्धको खेलमा ६८ रनआमा अल आउट भएको छ ।

अहिले जारी खेलमा टस हारेर पहिला ब्याटिंग गरेको सिलहेटको पुरा टिम १४.५ ओभरमा ६८ रन बनाएर आउट भएको छ ।

सिलहेटका लागि आलोक कपालीले ३३ रन अविजित बनाएका थिए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेकन् । सिलहेटका कप्तान डेभिड वार्नरसहित ४ खेलाडी शुन्यमा आउट भएका थिए । सन्दीपको ठाउमा आज खेलेका एन्ड्रु फ्लेचर ४ रन बनाएर आउट भएका थिए ।

कोमिल्लाका मेहदी हसनले सर्वाधिक ४ विकेट लिए भने वहाव रियाजले ३ विकेट लिए । त्यस्तै लियाम डवसनले २ विकेट लिएका थिए भने मोहमद सैफुद्धीनले एक विकेट लिएका थिए ।

सन्दीप एघारमा परेनन् :

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आजको खेलमा प्लेइङ इलेभेबाट बाहिर रहेका छन् ।

टस हारेर पहिला ब्याटिंग गर्न लागेको सिलहेट सिक्सर्सका कप्तान डेभिड वार्नरले आजको खेलमा सन्दीप नखेल्ने जानकारी दिएका हुन् । 

सिलहेटले सन्दीपको ठाउमा आजको खेलमा ब्याट्सम्यानलाई खेलाएको छ । पछिल्ला खेलमा कमजोर ब्याटिंगको प्रदर्शन गरेको सिलहेटले वेस्टइन्डिजका ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई सन्दीपको ठाउमा खेलाएको छ ।  

अहिलेसम्म खेलेका तीन खेलमा पछिल्ला दुई खेलमा विकेटविहिन बनेका सन्दीप कोमिल्ला भिक्टोरियनविरुद्धको खेलमा प्लेइङ ११ मा पर्न असफल भएका हुन् ।    

बिपिएलमा सन्दिप लामिछाने लगातार दोस्रो खेलमा विकेट विहिन भएका थिए ।  शनिबार सम्पन्न बिपिएलको ढाका डाइनामाइटविरुद्धको खेलमा सिलहेट सिक्सर्सका लागि सन्दीपले ४ ओभर बलिंग गर्दै ३३ रन दिएका थिए । 

सन्दीप प्रतियोगितामा लगातार दोस्रो खेलमा विकेट लिन असफल भएका थिए । सन्दीपले यसअघि चिट्टागोङ्ग भाइकिंग्सबिरुद्ध ४ ओभरमा २१ रन दिएका थिए ।

सन्दीपले विपिएलमा ३ खेलमा २ विकेट मात्र लिएका छन् । बिपिएलको पहिलो खेलमा सन्दीपले कोमिल्ला भिक्टोरियनविरुद्ध ४ ओभरमा १६ रन दिएर २ विकेट लिएका थिए ।

अस्ट्रेलियाको बिग बास लिग खेलेर बंगलादेश आएका सन्दीपले बिग बास लिगका ४ खेलमा ८ विकेट लिएका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै