• २०८१ बैशाख ८ शनिबार

ब्रेक्जीटसम्बन्धि प्रधानमन्त्री थेरेसा मेको प्रस्ताव संसदमा अस्वीकृत 

kharibot

लन्डन । बेक्जीट सम्बन्धमा बेलायती प्रधानमन्त्री थेरेसा मेको योजनालाई बेलायती संसद हाउस अफ कमनले अस्विकार गरेको छ ।

गएराती भएको मतदानमा संसदले प्रधानमन्त्री मे को योजनाका विरुद्ध ४३२ मतले अस्विकार गरेको छ । मे को पक्षमा केवल २०२ मत परेको बिबिसीले जनाएको छ । मे का आफ्नै पार्टी कन्जरभेटिभ पार्टीका ११८ सांसदले विपक्षी दलसँग मिलेर मे को प्रस्तावविरुद्ध भोट गरेका थिए । यसलाई प्रधानमन्त्री मेको ठुलो हारको रुपमा लिइएको छ ।

संसदमा थेरेसा मेको यो प्रस्तावको असफलतापछि विपक्षी दल लेबर पार्टीले मेका विरुद्ध अविस्वास प्रस्ताव ल्याएको छ । अविस्वास प्रस्तावमा बुधबार बहस हुने बताइएको छ ।

यसैबीच प्रधानमन्त्री मे ले भने आफुले विस्वासको मतपाएमा ब्रेक्जीटसम्बन्धि दोस्रो प्रस्ताव आगामी सोमबार संसदमा पेश गर्ने बताएकी छन् । ब्रिटेनको संबिधान अनुसार मे ले संसदमा विस्वासको मत हासिल गर्न नसकेमा १४ दिनभित्र उनले या उनको दलको तर्फबाट अन्य कसैले विस्वासको मत हासिल गर्नुपर्ने हुन्छ । अन्यथा आम निर्वाचनमा जानुपर्ने नियम रहेको छ ।

प्रधानमन्त्रीको प्रस्ताव संसदमा अस्वीकृत भएपछि बेलायतको राजनीतिमा नयाँ मोड आएको छ । अब मेलाई दोस्रो पटक ब्रेक्जीटसम्बन्धि अर्को प्रस्ताव पेश गर्ने मौका मिल्ने र संसदबाट मन्जुरी लिन सक्ने व्यवस्था रहेको छ । उनले युरोपेली संघसँग फेरी वार्ता गरेर अर्को प्रस्ताव ल्याउने, ब्रेक्जीटका बारेमा फेरी अर्को जनमत संग्रहमा जान सक्ने अवस्था रहेको छ । यदि केहि नभएमा आगामी मार्च २९ मा बेलायत युरोपेली संघबाट स्वत: अलग हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै