• २०८१ बैशाख १२ बुधबार

नेपाली महिला टिम समुह चरणमा अपराजित, शुक्रबार सेमिफाइनल खेल्ने

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत समुह चरणको अन्तिम खेलमा थाइल्याण्ड ए लाई ९ विकेटले पराजित गर्दै नेपाल समुहमा प्रथम हुदै सेमिफाइनलमा पुगेको छ ।

थाइल्याण्ड ए टिमले दिएको २० रनको लक्ष्य नेपालले ३.३ ओभरमा एक विकेट गुमाएर पुरा गरेको थियो । नेपालका लागि ममता कुमारी चौधरीले ८ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापाले ५ रन र डोली भट्टले २ रन बनाएकी थिइन् । 

यसअघि नेपालले टस जितेर पहिला बलिङ गरेको खेलमा नेपालले थाइल्याण्डको ए टिमलाई १५.४ ओभरमा १९ रनमा अल आउट गरेको हो ।

नेपालका लागि आरती बिडारीले ३ विकेट लिइन् भने सरिता मगर र इन्दु बर्माले २-२ विकेट लिएका थिए । त्यस्तै रुबिना छेत्री र सोनु खड्काले एक एक विकेट लिएका थिए । 
थाइल्याण्ड ए का ५ खेलाडी शुन्य रन मै आउट भएका थिए भने थाइल्याण्ड ए का खेलाडीले बनाएको उच्च रन ४ थियो ।

प्रतियोगितामा नेपालले समुह चरणमा खेलेका चार खेलमा जित हासिल गर्दै अपराजित बनेर सेमिफाइनलमा पुगेको हो । नेपालले यसअघि चीन, मलेसिया र युएईलाई पराजित गरेको थियो । प्रतियोगीतामा समुह ए बाट नेपाल र युएई तथा समुह बि बाट थाइल्याण्ड र इन्डोनेसिया सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड, थाईल्याण्ड ‘ए’, इन्डोनेसिया, म्यानमार गरि १० टोलीलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन्। दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ।

प्रतियोगिताको सेमिफाइनल खेल आगामी शुक्रबार हुने छन् भने फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

नेपालले सेमिफाइनलमा आगामी शुक्रबार सम्भवत इन्डोनेसियासँग खेल्ने छ । याधय्पी समुह बि को अन्तिम खेलमा आयोजक थाइल्याण्ड अन्तिम खेलमा भुटानसँग खेलेपछि समुहमा पहिलो र दोस्रो टिमको टुंगो लाग्ने छ । अहिलेसम्मको अंक तालिका अनुसार इन्डोनेसिया ४ खेलमा ३ खेल जितेर दोस्रो स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै