• २०८१ बैशाख १२ बुधबार

कर्मचारी समायोजन फारम भर्ने आज अन्तिम दिन 

kharibot

काठमाडौँ । सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन कर्मचारीलाई अनलाइन फारम भर्न दिएको समय आज सकिँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २१ दिनको समयसीमा तोकेर समायोजन हुन अनलाइन फारम भर्न दिएको समय आज सकिन लागेको हो ।

समायोजनमा जान आज राति १२ बजेसम्म अनलाइन फारम भर्न सकिनेछ । केही बेरअघिसम्म ६६ हजार भन्दा धेरै कर्मचारीले फारम भरिसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ जना कर्मचारीको दरबन्दी कायम गरेको छ ।  

सोमबारसम्म ५१ हजार समायोजनमा जान इच्छुक 

सोमबारसम्म ५१ हजार ३२२ जना कर्मचारीले समायोजन रोजेका छन् । यही पुस ११ गतेदेखि सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा सो सङ्ख्याले फाराम भरेका सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । 

सोमबारसम्म सङ्घमा ३६ हजार ११०, प्रदेशमा ४४ हजार ७६३ र स्थानीय तहमा दुई लाख ४८ हजार ६६० ले समायोजन रोजेका छन् । कर्मचारीले प्रदेश र स्थानीय तहमा एकभन्दा बढी रोज्न पाउने व्यवस्था रहेको छ । 

७० हजार ३५७ अनलाइन फाराम भरेकामध्ये १९ हजार ३५ ले फाराम भरेपछि रोज्न बाँकी छ । सरकारले पुस ११ गते २१ दिनभित्र समायोजनमा जानका लागि कर्मचारीलाई अनलाइन आवेदन माग गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै