• २०८१ बैशाख १२ बुधबार

महिला टी-२० : सेमिफाइनल समीकरण पुरा, नेपालले इन्डोनेसियासँग खेल्ने 

kharibot

काठमाडौँ । थाइल्याण्डमा जारी महिला टी-२० स्म्यास अन्तर्गत सेमिफाइनलको समीकरण पुरा भएको छ ।

आज भएका समुह चरणका अन्तिम खेलपछि नेपाल, युएई, थाइल्याण्ड र इन्डोनेसिया प्रतियोगिताको सेमिफाइनलमा पुगेका हुन् ।

प्रतियोगितामा समुह ए बाट नेपाल पहिलो हुदै सेमिफाइनलमा पुगेको छ भने युएई दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । 

 नेपालले समुह चरणका चार वटै खेलमा जित हासिल गर्दै ८ अंक बटुलेर समुह विजेता हुदै सेमिफाइनलमा पुगेको हो । त्यस्तै युएई भने ४ मध्ये एक खेलमा पराजित भएको थियो । 
त्यस्तै समुह ए मा मलेसिया र थाइल्याण्ड ए टिमले एक एक खेलमा मात्र जित हासिल गरे भने चीनले सबै खेल गुमाउदै बाहिरिएको छ ।

त्यस्तै समुह बि बाट आयोजक थाइल्याण्ड ४ खेलमै जित हासिल गर्दै सेमिफाइनलमा पुगेको छ भने इन्डोनेसियाले ४ मध्ये ३ खेलमा जित एक हार सहित दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै समुह बि का हङकङ र म्यान्मारले एक एक खेलमा जित हासिल गरेका थिए भने भुटान सबै खेलमा पराजित हुदै बाहिरिएको छ ।  

थाईल्याण्ड टि-२० स्म्यास प्रतियोगितामा नेपाल सहित भुटान, हङकङ, युएई, चीन, मलेसिया, थाईल्याण्ड, थाईल्याण्ड ‘ए’, इन्डोनेसिया, म्यानमार गरि १० टोलीलाई ५-५ टिमको दुई समुहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समुह ‘ए’ मा युएई , चिन, मलेसिया र थाईल्याण्ड ‘ए’ टिम रहेका छन्। समुह ‘बि’ मा थाईल्याण्ड, हंगकंग, इन्डोनेसिया, भुटान र म्यानमार रहेका छन् । दुवै समुहमा एक अर्का बीच एक एक खेलपछि समुहबाट उत्कृस्ट २ हुने टिम सेमीफाइनल प्रवेश गर्नेछ ।

प्रतियोगिताको सेमिफाइनल खेल आगामी शुक्रबार हुने छन् भने फाइनल खेल शनिबार हुने तालिका रहेको छ ।

नेपालले सेमिफाइनलमा आगामी शुक्रबार इन्डोनेसियासँग खेल्ने छ भने दोस्रो सेमिफाइनलमा आयोजक थाइल्याण्डले युएईसँग खेल्ने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै