• २०८१ बैशाख ७ शुक्रबार

प्रधानसेनापति थापा स्वदेश फिर्ता 

kharibot

काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतको ६ दिने भ्रमण पुरा गरि आज स्वदेश फिर्ता भएका छन् ।  

भारतका स्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा पौष २७ गतेबाट भारत भ्रमणमा गएका प्रधानसेनापति थापा आज अपरान्ह स्वदेश फिर्ता भएका हुन् ।

प्रधानसेनापति थापालार्ई बलाधिकृत रथी हेमन्त राज कुँवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । सो अवसरमा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थितिमा उनको सम्मानमा जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । 

भारत भ्रमणको क्रममा पौष २८ गते  प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेका थिए । भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष जनरल रावतसँग भेटघाट गर्नुको साथै न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेज, जयपुरस्थित साउथ वेस्टर्न कमाण्ड र लखनऊस्थित सेन्ट्रल कमाण्डको मुख्यालयहरुको निरिक्षण भ्रमण समेत गरेका थिए ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमण र दुई देशको सेनाका प्रधानसेनापतिलाई मानार्थ महारथीको उपाधिद्वारा सुशोभित गर्ने परम्पराबाट नेपाली सेना र भारतीय सेनाबीच विगतदेखि रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धले निरन्तरता पाउनुका साथै द्धिपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवम् प्रगाढ बनाउन महत्वपूर्ण भएको विश्वास नेपाली सेनाले लिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै