• २०८१ बैशाख ११ मंगलबार

बुधबारको सेयरबजार : सूचक घट्यो, कारोबार रकम बढ्यो

kharibot

काठमाडौं । साताको सुरुवाती कारोबार दिन घटेर पछिल्लो दुुई दिन बढेको नेप्से साताको चौँथो कारोबार दिन आज बुुधबार पुुनः घटेको छ ।

तर आज सेयरबजार घटे पनि कारोबार रकम भने अघिल्ला दिनहरुको तुुलनामा बढेको छ । नेप्से सात दशमलव ५७ अंकले घटेर ११ सय ८७ दशमलव ९७ विन्दुुमा झर्दा सेन्सिटिभ दुुई दशमलव पाँच अंकले घटेर दुुई सय ५१ दशमलव ५० विन्दुुमा झरेको छ । एक सय ६९ कम्पनीहरुको पाँच हजार दुुई सय ४१ वटा कारोबारमा १७ लाख ४४ हजार एक सय ८७ कित्ता सेयर खरिद बिक्री भएका छन् ।

उक्त परिमाणमा सेयर खरिद बिक्री हुँदा कारोबार रकम ५३ करोड छ लाख ५१ हजार चार सय ३५ रुपैयाँ पुुगेको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा आठवटा समूहको कारोबार सूचक घटेर रातो हुुँदा तीन वटा समूहको कारोबार सूचक बढेर हरियो भएको छ । वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव दुुई अंकले घटेर एक हजार नौ दशमलव ६० विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि एक दशमलव ४१ अंकले घटेर १४ सय ६६ दसमलव ९४ बिन्दुुमा झरेको छ ।

यसैगरी निर्जिवन बीमा समूहको सूचक एक सय १२ दशमलव १८ अंकले घटेर पाँच हजार सात सय ४६ दशमलव ४३ विन्दुुमा झरेको छ । यीबाहेक जीवन बीमा, होटल, फाइनान्स, अन्य र लघुवित्त समूहको सूचक पनि घटेका छन् । जलविद्युुत् समूहको सूचक भने आज २२ दशमलव ८३ अंकले बढेर १२ सय ८८ दशमलव ८६ विन्दुुमा चढेको छ । उत्पादमूलक र टे«डिङ समूहको सूचक पनि सामान्य अंकले बढेर हरियो देखिएको छ ।  

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको अपर तामाकोशी हाइड्रोपावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ ६९ पैसाले बढेर दुुई सय ८३ रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ २२ पैसाले घटेर ११ सय दुुई रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैंकको प्रतिकित्ता दुुई सय ९२ रुपैयाँ अन्तिम मूल्यमा आठ करोड ६४ लाख पाँच हजार नौ सय १९ रुपैयाँकोे कारोबार भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै