• २०८१ बैशाख १२ बुधबार

डा. केसीप्रति सरकार संवेदनहीन भएको कांग्रेसको आरोप 

kharibot

फाइल तस्बिर ।

काठमाडौं / नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकार सातायता अनशनरत डा. गोविन्द केसीप्रति संवेदनहीन भएको आरोप लगाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त आरोप लगाएका हुन् । उनले सरकारको भूमिकामा समेत ध्यानाकर्षण भएको बताए । 

डा. केसीले अघि सारेका माग चिकित्सा शिक्षा क्षेत्रमा सुधार र प्रगतिको लागि महत्वपूर्ण भएको कांग्रेसको धारणा अघि सार्दै शर्माले यसलाई साझा कर्तव्यका रुपमा लिनुपर्ने बताए । वर्तमान सरकारले आफ्नै एकांगी बुझाइलाई केन्द्रमा हठ गरेर विज्ञहरुको अध्ययनको निष्कर्षलाई आत्मसात् नगरेको कांग्रेसले बताएको छ ।

देउवा सरकारले डा. केसीका मागहरु पूरा गर्दै अध्यादेश जारी गरी माग सम्बोधन गरे पनि त्यसको हुबहु कार्यान्वयन नहुँदा चिकित्सा शिक्षामा सरकार प्रतिगमनतर्फ लम्किएको कांग्रेसको बुझाइ रहेको शर्माले बताए ।

डा. केसीसँगै सम्झौता भए पनि शिक्षा तथा स्वास्थ्य समितिमार्फत सहमति खण्डित भएको शर्माको भनाइ छ । उक्त पार्टीले भनेको छ, भावी चिकित्सा शिक्षा आयोगको क्षेत्राधिकार नछाडेर मनसाय पत्र लिइसकेका लाई पाँचवटाको प्रावधानले नछुने गरी राखिएको वाक्यांशले एक विश्व विद्यालय पाँच मेडिकल कलेजको अवधारणालाई घुमाउरो ढंगले अस्वीकार गरेको छ । 

कांग्रेसले सहमतिमा फर्किने कि चौतर्फी दबाब फर्किने भन्दै सरकारसमक्ष दुई विकल्प रहेको बताएको छ । हालकै अवस्थामा कांग्रेसले उक्त विधेयकको समर्थन नगर्ने समेत स्पष्ट पारेको छ । कांग्रेसले विवेकलाई कुल्चिएर बहुमतको दम्भ नदेखाउन समेत सरकारलाई चेतावनी दिएको छ ।

डा. केसीको स्वास्थ्यावस्था गम्भीर हुँदा जाँदा सरकार संवेदनाहीन हुँदै गएको भन्दै कांग्रेसले त्यसलाई निन्दनीय भनेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै