• २०८१ बैशाख १३ बिहीबार

प्राधिकरणले पोलको भाडा बढाएकोमा इन्टरनेट सेवा प्रदायक संघको आपत्ति

kharibot

काठमाडौँ । नेपाल बिधुत प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनिहरुलाई प्रयोग गर्न दिईरहेको पोलहरुको भाडादरमा अस्वाभाविक बढाएको भन्दै इन्टरनेट सेवा प्रदायक संघले आपत्ति जनाएको छ ।

प्राधिकरणले अस्वाभाविक रुपमा यसै आर्थिकबर्षदेखि लागु हुने गरि पोलको भाडा बढाएको संघले जनाएको छ । संघका अनुसार प्राधिकरणले पोलको भाडा ५ सय प्रतिशतभन्दा बढी बढाएको आरोप लगाएको छ ।

प्राधिकरणको पोलहरु तथा ओपिजीडब्लु फाइबर प्रयोग गरी मुलुकभर सरल, सहज र सुलभ मूल्यमा आफ्ना ग्राहकहरुलाई इन्टरनेट सेवा बिस्तार तथा प्रदान गरिरहेका भन्दै संघले अहिलेसम्म कायम रहेको ग्राहकसँग लिने इन्टरनेट सेवाको शुल्क पुरानो भाडादरलाई आधार मानी दिईरहेकोमा नयाँ भाडादरले हामी सेवा प्रदायकहरुलाई ठुलो अन्योल सिर्जना गरेको बताएको छ । 

नेशनल ब्रोड ब्याण्ड पोलिसीमा पनि इन्टरनेट शुल्कलाई अझ सुपथ मुल्यमा उपलब्ध गराउने भन्ने उल्लेख गरिएको र गत आर्थिक बर्षको बजेटमा लागू गरिएको १३ प्रतिशत दूरसंचार सेवा शुल्कलाई पनि संचार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघले आपसी समझदारीमा समायोजन गर्ने सहमति कार्यन्वयन भैसकेको भन्दै सो सहमतिमा कुनै पनि सरकारी निकायले इन्टरनेटमा शुल्क बृदि हुने खालका काम कारवाही नगर्ने समेत उल्लेख रहेको छ ।
 
नेपाल बिधुत प्राधिकरणले हाल बृदि गरिएको पोल तथा ओपिजीडब्लु फाइबरको भाडादर सो सहमति बिपरित भएको हुदा हामी सबै सेवा प्रदायकहरूले नयाँ भाडादर स्वीकार नगर्ने निर्णय गरेका  जानकारी गराएको छ । 

साथै, नेपाल बिधुत प्राधिकरणले हामी सेवा प्रदायकहरुको सेवामा अवरोध सिर्जना गरेमा त्यसको सम्पूर्ण जिम्मेवारी बिधुत प्राधिकरणको नै हुने संघले जनाएको छ । 

साथै संघले यस समस्याको उचित निकास तथा समाधानको लागि संचार तथा सूचना प्रबिधि मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरण, नेपाल बिधुत प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संघ नेपाल सम्मिलित उच्च स्तरीय समिति गठन गर्न माग गरेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै