• २०८१ बैशाख ११ मंगलबार

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजनाको बम्पर उपहारको विजेता घोषित

kharibot

काठमाडौँ । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार १२ लाखको लक्की ड्रमा मान बहादुर खत्री विजेता घोषित भएका छन् । 

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र  ब्रान्ड एम्बेसडर सिताराम कट्टेल (धुर्मुस) द्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरेका छन् । 

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले रु २०० रको मोबाइल टप अप,  साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगद र ३ जनाले एक लाख नगद प्राप्त गरिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । 

सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक दुई सयको मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार तीन जनालाई र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख  र अन्त्यमा एक जना भाग्यशाली विजेताले १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस” योजनाको आयोजना गरेको थियो । यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै