• २०८१ बैशाख १४ शुक्रबार

पूर्वमन्त्री विक्रम पाण्डेसँग विशेष अदालतले माग्यो चार करोडको धरौटी

kharibot

काठमाडौं । पूर्वमन्त्री विक्रम पाण्डेसँग विशेष अदालतले चार करोड रुपैयाँ धरौटी माग गरेको छ ।

भ्रष्टाचारको अभियोगमा मुद्दा चलाइएका पाण्डेसँग विशेष अदालतले बुधबार तारिखमा छाड्ने प्रयोजनका लागि उक्त धरौटी माग गरेको हो।

पाण्डेले ग्लोबल आईएमी बैंकलाई जमानी राखेपछि अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य न्यायाधीश चण्डीराज ढकाल र नारायणप्रसाद पोरखेलको इजलासले साधारण तारिखमा राख्न आदेश दिएको विशेषका रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए।

पाण्डेसहित २१ जनाविरुद्ध गत मंसिर २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बाँकेको सिक्टा सिचाईं आयोजनामा कमसल सामग्री प्रयोग गरी भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दायर गरेको थियो। उक्त आयोजनामा अर्ब १३ करोड ७६ लाख ७९ हजार ९ सय रुपैयाँ भ्रष्टाचार भएको दाबी अख्तियारको थियो।

सिक्टा आयोजनाको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका सञ्चालक पाण्डे हुन् । ठेकेदार कम्पनीको चरम लापरबाही फेला परेपछि तीन वर्षसम्म जेल सजाय, दुई अर्ब १३ करोड क्षतिपूर्ति माग र जरिवानासहितको माग गर्दै उनीहरुविरुद्ध मुद्दा चलाइएको छ।

विशेष अदालतको म्याद पुर्जी अनुरुप पाण्डे बुधबार अदालत उपस्थित भएका हुन्। उनको वयान र थुनछेक सम्बन्धी बहस सकिएपछि इजलास धरौटीमा छाड्ने फैसला सुनाएको हो।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै