• २०८१ बैशाख ७ शुक्रबार

रोनाल्डोको गोलमा युभेन्टसले जित्यो इटालियन सुपर कप

kharibot

काठमाडौँ । युभेन्टसले इटालियन सुपर कप फुटबलको उपाधि जितेको छ । गएराती खेलिएको फाइनल खेलमा एसी मिलानलाई १-० गोल अन्तरले पराजति गर्दै उपाधि जितेको हो ।

साउदी अरेबियाको जेदाहमा खेलिएको फाइनल खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए । खेलको ६१औं मिनेटमा रोनाल्डोले मिरालेम पिजानिकको पासमा हेडमार्फत आकर्षक गोल गरेका थिए।

फाइनल खेलको ७४ औं मिनेटमा फ्रान्क केसी सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एसी मिलान १० खेलाडीमा समेटिएको थियो।

युभेन्ट्सले कीर्तिमानी रुपमा आठौं पटक इटालियन सुपर कपको उपाधि जितेको हो । युभेन्ट्सले सन् २०१५ पछि पहिलो पटक उपाधि जितेको हो । अघिल्लो सिजनको उपाधि लाजियोले जितेको थियो। मिलानले भने हालसम्म सात पटक इटालियन सुपर कपको उपाधि जितेको छ। पछिल्लो पटक मिलानले सन् २०१६ मा उपाधि हात पारेको थियो। सन् १९८८ मा पहिलो संस्करणको उपाधि पनि मिलानले नै जितेको थियो।

युभेन्ट्सका लागि जारी सिजनमा रोनाल्डोले गरेको यो १६ औं गोल हो। युभेन्ट्स घरेलु लिग इटालियन सिरि ए मा १९औं खेल सकिडा ५३ अंकसहित शिर्ष स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै